समानुपातिक संरचना अनुसार बन्दसूची टुंगियो : एमाले नेता रिजाल

आश्विन ३, २०७९

प्रमुख प्रतिपक्षी दल एमालेका प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले समानुपातिक संरचना अनुसार आफ्नो पार्टीले समानुपातिक तर्फको उम्मेदवार टुंगो लगाएको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उप प्रमुख रिजालले समानुपातिकको मर्म अनुसार नै सबै वर्ग, लिंग, भाषा र धर्मका व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले समेटेको दाबी गर्नुभयो । संविधानको मर्म अनुसार नै एमालेले प्रत्यक्ष तर्फको उम्मेदवारमा महिला सहभागिता सुनिश्चित गर्ने पार्टीको रणनीति रहेको नेता रिजालले बताउनुभयो । एमालेले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेश गर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया