नागरिकता विधेयकबारे जसपा र लोसपा दुवैलाई चासो छैन : तुलानारायण शाह

आश्विन ९, २०७९ | काठमाडौं

राजनीतिक विश्लेषक तुला नारायण शाहले नगारिकता विधेयकबारे मधेशका दुई शक्ति जनता समाजबादी पार्टी जसपा र लोकतान्त्रिक समाजबादी पार्टी लोसपा दुवैलाई चासो नभएको बताउनुभएको छ । जनताको चासो सम्वोधन गर्नुभन्दा पनि दुवै पार्टी सीटको लोभमा लाग्दा नागरिकता जस्तो संवेदनशील विषय ओझेलमा परेको शाहको भनाई छ । प्रदेश र प्रतिनिधिसभाकको आगामी निर्वाचनमा लिएर जाने एजेण्डाको समेत दुवै दलमा खडेरी देखिएको शाहले बताउनभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले नागरिकता विधेयकमा ठूला दल, राष्ट्रपति र न्यायलय सवैभन्दा बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो 


प्रतिक्रिया