टिकट वितरणमा अन्याय भए पार्टीमा विद्रोह हुन सक्छ : बद्री पाण्डे

आश्विन १०, २०७९ | kathmandu

नेपाली कंग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनका लागि पार्टीभित्र टिकट वितरणमा अन्याय भए विद्रोह हुन सक्ने बताएका छन् । समानुपातिकको बन्दसूचिलाई लिएर संस्थापन इतर पक्षले असन्तुष्टी जनाइरहेका बेला नेता पाण्डेले टिकट वितरणका कारण एउटा पक्षले अन्याय महसुस गरेमा देखिने गरी वा नदेखिने गरी विद्रोह हुनुका साथै चुनावमा गठबन्धनलाई घाटा हुन सक्ने बताए । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज विहान बोल्दै उनले नेतृत्वले समानुपातिक सूचिमा भएको गल्ती सुधार्ने मौका अझै रहेको बताए । पार्टीभित्रको सन्तुलन कायम नभए पार्टीलाई चुनावमा फाइदा नहुने पाण्डेको भनाइ छ ।


प्रतिक्रिया