गठबन्धनको सरकार निर्माण गर्दा काँग्रेसले राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन हुन्न

पुस ७, २०७९ | kathmandu

विश्लेषक गेजा शर्मा वाग्लेले आगामी सरकार निर्माणमा काँग्रेसले राष्ट्रपति छोडेर प्रधानमन्त्री लिन नहुने सुझाव दिनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले राष्ट्रपतिको पछिल्लो २ वर्षे कार्यकाल हेर्दा पनि संविधानप्रति प्रतिबद्ध र लोकतान्त्रिक मूल्य मान्यतामा खरो उत्रिने व्यक्ति नै राष्ट्रप्रमुख हनुपर्ने आवश्यक्ता देखिएकाले यसमा काँग्रेसले कुनै सम्झौता गर्न नहुने वाग्लेको कथन थियो । गठबन्धनमा सहमति नभए अहिले राष्ट्रपति लिएर दोस्रो कार्यकालको प्रधानमन्त्री बन्न पनि काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनले पनि पार्टी अब पुस्तान्तरणका लागि तयार भएको र केवल परिणाम मात्रै देखिन बाँकी रहेको बताउनुभयो । संसदीय दलको नेता चुन्नका लागि एकै ठाउँ उभिएका नयाँ पुस्ता आगामी १५ औं महाधिवेशनसम्म एकै ठाउँमा रहने सम्भावना नरहे पनि त्यसले प्रवाह गर्ने सन्देश सकारात्मक हुने वाग्लेले बताउनुभयो ।   


प्रतिक्रिया