संघीयतालाई अंगीकार गर्ने क्रम बढ्दै

माघ १६, २०७९ | काठमाडौं

मुलुकमा पछिल्ला वर्षहरुमा पटक पटक उठ्ने सवाल हो- के नेपालमा संघीयता साँच्चै आवश्यक छ ? के संविधानले व्यवस्था गरेअनुसारको संघीयता नेपालले धान्न सक्छ ? मुलुकमा पछिल्लो पाँच वर्षमा देखा परेका विसंगती, अनियमिततालाई औँल्याएर संघीयतामाथि प्रश्न उब्जिरहेको अवस्थामा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस्ले सार्वजनिक गरेको द सर्भे अफ नेपिलिज पिपल २०२२ शीर्षकको प्रतिवेदनले संघीय प्रणालीका बिषयमा केही अर्थपूर्ण विवरण अघि सारेको छ । प्रतिवेदनका अनुसार संघीय प्रणालीमा गएपछि आम मानिसले राज्य संयन्त्रमाथि भरोसा गर्न थालेको पाइएको छ । मुखिया र धार्मिक अगुवाइ र नेताहरुको मध्यस्थता लगायतबाट विवाद समाधान गर्ने अभ्यासको सट्टा निर्वाचित जनप्रतिनिधिसँगको सहयोग खोज्ने प्रवृत्ति बढेको छ ।


प्रतिक्रिया