आजका मुख्य समाचारः २०८१ कार्तिक ०८

कार्तिक ८, २०८१ | काठमाडौं

सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशी लगायतलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, रास्वपाका नेता कार्यकर्ताद्धारा पोखरामा निषेधाज्ञा तोडेर प्रदर्शन

सहकारी ठगीबारे कानूनी प्रक्रिया जारी रहँदा रास्वपाबाट भएका गतिविधिप्रति एमालेको आपत्ति, सत्तारुढ दलका नेता जोगाउन खोजिएको माओवादी केन्द्रको आरोप

वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या बढ्दै, आमा विदेशिने बाध्यताका कारण सन्तानलाई पर्ने असरबारे ध्यान दिन विज्ञको सुझाव

भारतमा दाना नामक आँधी नजिकिँदै गर्दा उड़ीसा र पश्चिम बङ्गाल राज्यका लाखौँ नागरिकलाई अन्यत्र सारियो

साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो, अन्तिम चारका लागि नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा जारी  


प्रतिक्रिया