आजका मुख्य समाचार (कार्तिक ०४, २०८१)

कार्तिक ४, २०८१ | काठमाडौं

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतको अनुमति, पोखरामा रास्वपा र सहकारी पीडितको छुट्टाछुट्टै प्रदर्शन

आफूविरुद्ध सहकारी ठगीको अनुसन्धान अघि बढेपछि रास्वपा सभापति सरकारसँग रुष्ट, झुटा मुद्दामा निर्दोष व्यक्तिलाई फसाइएको दावी, संसदीय समितिको प्रतिवेदनअनुसार कारवाही अघि बढेको सरकारको प्रष्टीकरण

गौशाला धर्मशाला सञ्चालनको विषय पेचिलो बन्दै, मारवाडी सेवा समितिसँगको सम्झौता खारेज भएसँगै विवाद उत्कर्षमा

एक वर्षभित्र इजरायलको आक्रमणमा ६ जना शीर्ष नेता मारिएपछि विद्रोही हमासलाई ठूलो धक्का, इजरायलको सैन्य कारबाही तीब्र, चुप लागेर नबस्ने हमासको चेतावनी

साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता बंगालादेश र पाकिस्तानबीच प्रतिस्पर्धा जारी   


प्रतिक्रिया