सुनसरीमा नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने ८ जना पक्राउ

कार्तिक ८, २०८१ | सुनसरी

सुनसरीमा नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउने ८ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका २ की १६ वर्षीया बालिकालाई चतरास्थित औलिया बाबाको मन्दिरमा ३३ वर्षीय चिनियाँ नागरिक लि टेङसँग विवाह गराउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

घटना गत असोज ३० गतेको भएपनि प्रहरीले ढिला गरि घटनाको विवरण सार्वजनिक गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार पक्राउ पर्नेमा ३ चिनियाँ र ५ जना नेपाली छन् । 


प्रतिक्रिया