भारतमा आँधीको जोखिमपछि लाखौँ नागरिकलाई अन्यत्र सारियो

कार्तिक ८, २०८१ | काठमाडौं

भारतमा दाना नामक आँधी नजिकिँदै गर्दा त्यहाँका लाखौँ नागरिकलाई अन्यत्र सारिएको छ ।

भारतीय अधिकारीले पूर्वी राज्य उड़ीसा र पश्चिम बङ्गालमा आउने आँधीको मार्गमा पर्ने करिब १५ लाख नागरिकलाई स्थानान्तरण सुरु गरिएको जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

आगामी २४ घण्टाभित्र सो आँधी सो क्षेत्रमा आइपुग्ने र क्षतिलाई कम गर्न हजारौं सहायताकर्मीहरु खटाइएको बताइएको छ । आँधीको सुरुवाती समयमा यातायात सेवा प्रभावित भएको छ ।

केही क्षेत्रमा रेल तथा हवाई उडानहरू समेत रद्द भएका छन् । आँधी तटीय क्षेत्रमा १२० किमी प्रतिघण्टाको गतिमा प्रवेश गर्ने भारतको मौसम विभागले जनाएको छ । 


प्रतिक्रिया