आजका मुख्य समाचारः २०८१ कार्तिक ०५

कार्तिक ५, २०८१ | काठमाडौं

पार्टीलाई  दीर्घकालीन असर पार्ने विषयमा प्रश्न उठाउने नेताहरुलाई स्पष्टीकरण सोधिएपछि एमालेको आलोचना, आन्तरिक लोकतन्त्रको मान्यता विपरित प्रश्नहरुलाई बर्जित गर्न खोजेको टिप्पणी

न्यायपालिकालाई लयमा फर्काउने कामलाई प्रभावकारी रुपमा अघि बढाउने प्रधानन्यायाधीश राउतको प्रतिबद्धता, अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्ने भनाइ

संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिलाई पूर्णता, समितिले पारदर्शी रुपमा काम गर्नेमा अधिकारकर्मीको भने आशंका

विवादित हिमाली सीमानामा तनाव कम गर्न गस्तीको व्यवस्था गर्ने भारत र चीनबीच सहमति

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा जारी, पहिलो हाफमा नेपाललाई ४–० गोलको अग्रता 


प्रतिक्रिया