आजका मुख्य समाचारः २०८१ कार्तिक १४
कार्तिक १४, २०८१ | काठमाडौं
साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै, नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा
बैंक तथा वित्तीय संस्थाबाट हुने लगानी र कर्जाप्रवाहलाई वातावरणमैत्री बनाउन राष्ट्र बैंकद्धारा हरित वित्तसम्बन्धी प्रावधान लागू गर्न निर्देशन, प्राविधिक पक्षलाई सबल बनाउनुपर्ने विज्ञहरुको भनाइ
मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीच सीमास्तम्भ रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा
आफ्नो भूमिमा शिख पृथकतावादीविरुद्धको षड्यन्त्रका पछाडी भारतका गृहमन्त्री अमित शाहको संलग्नता रहेको क्यानडाको आरोप
र
विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी