आजका मुख्य समाचारः २०८१ माघ २५
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/CopyofKantipurDiary630Pm-1738935042.jpg&w=700&height=600)
माघ २५, २०८१ | काठमाडौं
भूमिहीनलाई जग्गा उपलव्ध गराउने व्यवस्थाका लागि सरकारद्वारा अध्यादेशमार्फत् ऐन संशोधन, वास्तविक भूमिहीनले जग्गा पाउनेमा भने आशङ्का कायमै
प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गर्न अरब संसदका अध्यक्षलाई सभामुख घिमिरेको आग्रह, परराष्ट्रमन्त्री राणाद्वारा इरानी विदेशमन्त्रीसँग टेलिफोन संवाद
सामाजिक सञ्जाल नियमनसम्वन्धि विधेयकको आलोचना बढ्दै, सामाजिक सञ्जालमा बोल्न दे सरकार अभियान सुरु
आफ्नो संस्थालाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको कदमको अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा भर्त्सना
र
त्रिकोणात्मक टी–२० महिला अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि थाइल्याण्डलाई, अन्तिम खेलमा नेपाल ७ विकेटले पराजित