आजका मुख्य समाचारः २०८१ फागुन ०७

फाल्गुन ७, २०८१ | काठमाडौं
राणा शासन अन्त्य गरी स्थापित लोकतन्त्र नेपालमा ७५ वर्षमा प्रवेश, व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएको भन्दै आलोचना कायमै
अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति गर्ने र दीगो व्यवस्थापनका लागि आर्थिक सूचकहरुको बढोत्तरी गर्ने आधार लोकतन्त्र भएको प्रधानमन्त्री ओलीको भनाई, लोकतन्त्रकै कारण डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सार्वजनिक सेवाको थालनी गर्न सकेको दाबी
सन् २०२५ को पहिलो महिनामा करिब ८० हजार पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १ दशमलव १ प्रतिशतले बढी
युक्रेनलाई कम्तिमा ६ अर्ब युरो बराबरको सैन्य सहायता पठाउने युरोपेली सङ्घको तयारी
र
सङ्कटालाई हराउँदै विभागीय टोली एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा, झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुवात