आजका मुख्य समाचारः २०८१ फागुन ०३

फाल्गुन ३, २०८१ | काठमाडौं

सत्तारुढ दलहरुको सहमतिमा ६ वटा अध्यादेश संसदमा बढाउने तयारी, भूमि सम्वन्धि अध्यादेशबारे कार्यदल तहमा छलफल गर्दै सहमति खोजिने

पोखरामा आयोजित कार्यक्रममा बेलुन उडाउने क्रममा आगोको झिल्कोले लाग्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते, काठमाडौंको बर्न अस्पतालमा उपचार गरिँदै

विवाहका लागि तोकिएको उमेर हद घटाउने संसदीय समितिको प्रस्तावपछि व्यापक बहस, उमेर हद कम गर्दा थप समस्या निम्तिन सक्ने चिन्ता व्यक्त

अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसंघमा अमेरिका र चीनबीच विवाद उत्पन्न

आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि दोस्रो पटक विदेशी क्लवलाई, फाइनलमा नेपाल पुलिस पराजित   


प्रतिक्रिया