आजका मुख्य समाचारः २०८२ बैशाख ०१, साँझ ०६ः ३० बजे

वैशाख १, २०८२ | काठमाडौं
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्ति सत्ताबाहिर हुँदाको कुण्ठा र पीडा भएको एमालेको निचोड, चैत १५ गतेको राजावादी आन्दोलनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने भनाइ
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लामो समयदेखि शिथिल अर्थतन्त्र सुधारका लागि कठोर सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझायो, प्रतिवेदनको सुझाव कार्यान्वयनतर्फ सरकार अघि बढ्न सके सकारात्मक प्रभाव ल्याउने जानकारको भनाइ
शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न प्रधानमन्त्री ओलीको आग्रह, विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्नेमा जोड
आफ्नो देशको भ्रमण गर्न अमेरिकाका राष्ट्रपति ट्रम्पलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीको निम्तो
र
यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित, ओमानको युवा टोली ८ विकेटले पराजित