कारोबार हुने अन्तिम दिन नेप्से ५६ अंकले घट्यो

फाल्गुन २९, २०७६ | काठमाडौं

कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजार उच्च अंकले ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज ४५ दशमलव ९१ अंकले घटेर एक हजार ३ सय ७७ दशमलव १८ बिन्दुमा पुगेर बन्द भएको छ । 

३ दशमलव २३ प्रतिशतले ओरालो लागेको नेप्सेमा आज २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा गिरावट आएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँले कमी आएको छ । 

बुधबार ७३ दशमलव ७८ अंकले उकालो लागेको नेप्सेमा २ अर्ब २२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । कारोबार भएका सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित भयो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक २ सय ३७ दशमलव ३ अंकले घटेको छ । 

यस्तै, निर्जीवन बीमाको ३ सय १७, होटल समूहको ७२ दशमलव ६७, लघुवित्तको ८९ दशमलव ६३, उत्पादनमूलकको ७६ दशमलव २५, विकास बैंकको ४६ दशमलव ६ र बैंक कम्पनी समूहको उपसूचक ४० दशमलव ४२ अंकले घटेको छ । 

नेप्सेमा आज कुल १ सय ८२ कम्पनीका २३ हजार २ सय ५ कारोबारबाट ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता सेयर किनबेच भए । कारोबार हुने अन्तिम दिन बुधबार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भयो । 

नेपाल लाइफको आज १९ करोड ८२ लाख १५ हजार ४ सय ६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनआईसी एसिया बैंकको ११ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किमबेच भएको छ । 


प्रतिक्रिया