बर्दियामा रासायनिक मलका लागि तछाड मछाड

जेष्ठ १५, २०७७ | बर्दिया

विहीवार विहान गुलरिया-७ स्थित रातो तारा कृषि सहकारी संस्थामा सयौ किसान मलका लागि भिड लाग्यो । लकडाउनको समय सामाजिक दुरी कायम नगरि तछाड मछाड गर्दे भिडले सहकारी संस्था संग मल मागे ।

थोरै मल भएका कारण स्थानीय प्रशासनले रोक लगाएपछि सबै रित्तै फर्के । गुलरिया—७ का किसान अब्दुल कलाम धान खेतीका लागि मल पाईन्छ भन्दै विहीवार विहान ६ बजे लाम लागे । ६ बजे विहान कलाम जस्तै करिब तीन सयको संख्यामा किसान तछाड मछाड गर्दे लाईन लाग्दा संस्थाका सञ्चालकले मल छैन भनेपछि स्थिती तनाव पुर्ण भयो । सहकारी संस्थाका सल्लाहकार नवराज चापागाईले १ सय २० बोरा मल तीन चार सय संख्यामा आएका किसानले बेच्ने स्थिती नभएको बताए ।

प्रहरी घटनास्थल पुगेर भिडलाई संझाई बुझाई फकाई दियो । उक्त संस्थामा युरिया मल १ सय २० बोरा बिक्री गर्न लागेको थाहा भएपछि गुलरिया बजार र आसपासका गाउ‘का किसान भिडले थेकी नसक्नु भएको थियो । 

किसानको भिड र माग अनुसार बिक्री गर्न नसकेपछि प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको निर्देशनमा तत्तकाललाई बेच बिखनमा रोक लगाइयो । किसान कलाम भन्छन्,‘ तीन दिन देखि मल पाईन्छ भनेर संस्थामा पुगेपनि रित्तै हात फर्केनी बाध्य भयौ ।, उनि जस्तै सयौ किसान मल खरिद गर्न नपाएपछि कृषि विकास कार्यालयमा गुनासो पोखेकाछन् ।

धान खेतीको लागि चाहिने रासायनिक मलको अभाव भएपछि बर्दियाका किसान चिन्तीत भएकाछन् । लकडाउन र नेपाल भारत सिमा सिल भएपछि जिल्लामा मल आपुर्ती हुन नसकेको स्थानीय किसान अभिमन्यु यादवले बताए । राज्यले मल समयमा आपुर्ती नगर्दा किसानको वाली उब्जनी हुन नसक्ने उनले सुनाए । 

किसानले वियाड राखी रोपाई गर्ने तयारी गर्दा मल नपाउ‘दा आक्रोसित बन्दै गएकाछन् । सहकारी संस्था लगायत बजारमा समेत मल नपाएको किसानले गुनासो पोख्दै आएकाछन । स्थानीय प्रशासनले थोरै मल बेच्न रोक लगाएपछि किसानहरु फर्केकाछन् । लकडाउन भएको समय सामाजिक दुरी पालना नगरेको भन्दै भिडलाई नियंत्रण गर्न प्रहरी खटिएका थिए ।

कृषि सामग्री कम्पनीले मलको आपुर्ती गरि सहकारीलाई बेच्ने गर्छ । गत साउन देखि चैतको पहिलो साता सम्म युरिया ३ हजार,२ हजार ६ सय डिएपी र ५० मेट भैरहवा स्थित कृषि सामग्री कम्पनीबाट खरिद गरेको थियो । कम्पनीका प्रमुख मोहन सिंह केसीले धान खेतीका लागि युरिया ३ हजार ५ सय,डिएपी २ हजार ५ सय र पोटास ५० मेटको आवश्यकता भएको बताए । 

लकडाउनका कारण र भैरहवामा मलको अभावले बर्दियामा अभाव भएको उनले जनाए । कृषि ज्ञान केन्द्रका अनुसार करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष भारतबाट युरिया मल किसानले ल्कीछिपी ल्याउथे । अहिले लकडाउनले किसानले नपाउदा समस्यामा परेकाछन् । 


प्रतिक्रिया