'रामपुर-१०' मकैको व्यवसायिक उत्पादन सुरु

 तस्बिर : रमेशकुमार पौडेल, रेडियो कान्तिपुर ।

जेष्ठ २१, २०७७ | चितवन

नेपालमै विकास गरिएको नेपाली हाइब्रिड मकै बीउ रामपुर–१० को व्यवसायिक उत्पादन सुरु भएको छ । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुशन्धान कार्यक्रमले विकास गरेको बीउको व्यसायीक उत्पादन शुरु भएको हो । 

परीक्षणस्वरुप सो बीउ भरतपुर–२६ दिब्यनगरका नरेन्द्र दवाडीको जग्गामा लगाईएको थियो । उम्रदा, हुर्कदा र फल्दा भारतीय जातकै बराबरीमा नेपाली हाइब्रिड पनि उत्तम सावित भएको राष्ट्रिय मकै बाली अनुशन्धान कार्यक्रम प्रमुख केशवबाबु कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार झापाको महारानी झोडा कृषि सहकारी, गोरखा सिड्स, लुम्बिनी सिड्स, युनिक सिड्स र पञ्चशक्ति सिड्स जस्ता अन्य कम्पनीले पनि व्यवसायिक रुपमा रामपुर–१० को बीउ उत्पादन सुरु गरिसकेका छन् ।

देशभर नौ लाख ५४ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । प्राय: स्थानीय जातकै मकै लगाउने चलन छ । आवश्यक पर्ने हाइब्रिड बीउ भारत र अन्य देशबाट आयात गर्नु पर्ने बाध्यता छ । 


प्रतिक्रिया