चिनियॉ मजदुर फिर्ता भएपछि निर्माण कार्य प्रभावित

भाद्र २३, २०७७ | धादिङ

चिनियाँ प्राविधिक तथा कामदार फिर्ता भएपछि धादिङमा निर्माणाधिन होङ्सी सिमेन्ट उद्योगको काम प्रभावित भएको छ । चिनियॉ सरकारको लगानीमा धादिङ बेनीघाटस्थित ताल्तीमा निर्माणाधिन होङ्सी सिमेन्टमा कार्यरत २ सय मजदुरलाई काठमाडौंस्थित चिनियॉ दूतावासले फिर्ता बोलाएको छ । 

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले आफ्ना नागरिकलाई फिर्ता बोलाएको हो । विगत डेढ वर्षदेखि निर्माणाधिन सो सिमेन्ट उद्योगमा २ सयदेखि ६ सयसम्म चिनियॉ प्राविधिक तथा मजदुर कार्यरत थिए । 

सो उद्योगमा कार्यरत मजदुरको पीसीआर परीक्षणपछि मात्रै फिर्ता लैजाने परिपत्र आएपछि आईतबार ७७ जना र सोमबार २७ जना काम काठमाडौं फर्किएको उद्योगका स्थानीय व्यवस्थापक तुलसीजंग थापाले बताउनुभयो । 

चिनियॉ मजदुरहरु फिर्ता भएपछि निर्माण कार्य ठप्प भएको छ । उनीहरु फर्किएसँगै विभिन्न जिल्लाबाट आएर सो उद्योगमा कार्यरत रहेका २ सय नेपाली मजदुर पनि काम नपाएर अलपत्र परेका छन् । 


प्रतिक्रिया