सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी

पुस ११, २०७७ | धनगढी

नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शंकर बोगटी र्निविरोध निर्वाचित भएका छन् । भागेश्वर इन्ड्रिष्टिज ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक बोगटी दोस्रो कार्यकालका लागि पुन: सर्वसम्मत निर्वाचित भएका हुन् । 

शनिबार डोटीमा सम्पन्न दोस्रो प्रदेश समितिको चुनावी अधिवेशनमा एसोसिएट उपाध्यक्षमा अनिल भुजनिया र जिल्ला तथा नगर उपाध्यक्षमा टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भन्डारी पनि र्निविरोधनै निर्वाचित भएका छन् । 

समितिको कोषाध्यक्ष पदमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्माली चयन भएका छन् । एसोसिएट सदस्यमा शंकर बहादुर खड्का, वस्तुगततर्फ लोकराज भट्ट जिल्ला तथा नगर समितिबाट सदस्यहरुमा महेन्द्र सिंह, पदम चौलागाई, लिलामणी पन्त, गोपाल बहादुर कार्की, र बिरवल विक र्निविरोध निर्वाचित भएका छन् । 

यसअघि कञ्चनपर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम राज पाण्डेयले आफनो उम्मेदवारी घोषणा फिर्ता लिएका थिए । १३ जनाको कार्यसमितिमा २ जनालाई कार्यसमितिले मनोनित गर्ने छन् । प्रदेश समितिमा जिल्ला र नगर समितिबाट १५, एसोसिएटबाट ३८ र वस्तुगतबाट १ गरी कुल ५४ मतदाताहरु रहेका छन् । 


प्रतिक्रिया