वार्षिक साढे १५ करोड बढीको तेजपत्ता निर्यात

माघ १६, २०७७ | धरान

मसलाजन्य नगदेबाली तेजपत्ता निकै सस्तो मुल्यमा भारतीय बजारमा निर्यात हुने गरेको छ ।

 कम मुल्यमा भारतीय बजारमा निर्यात भएपनि यसले सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभामा मात्र वार्षिक करिव १५ करोड रुपैयाँ भित्राउने गरेको छ । तेजपत्ताको माग भारतीय बजारमा बर्षेनी बढेपछि पुर्वी पहाडका किसानहरुले धरानस्थित कृषि उपज बजारमा ल्याउने गरेका छन् । 

यो सिजन तेजपत्ता उत्पादन र निर्यातको भएकाले धरानस्थित कृषि उपज बजारमा कृषकहरुले घाँसकै भारी जस्तो बनाएर ल्याउने गरेका छन् । बजार व्यबस्थापक लक्ष्मण भट्टराईकाअनुसार माघ दोश्रोसाता सम्ममा ८ करोड रुपैयाको कारोबार भईसकेको छ । 

एक पटक रोपेपछि सय बर्षसम्म पात र बोक्रा उत्पादन हुने तेजपत्तालाई सस्तो मुल्यमा भारतीय बजारमा निर्यात गर्नु परेको स्थानीयको गुनासो छ । नेपालमै प्रसोधन, ब्राण्डिङ, प्याकेजिङ र लेवलिङ गरी अर्गानिक ब्राण्ड बनाएर धूलो मसला वा तेलको रुपमा बजारीकरण गर्न सके प्रशस्त सम्भावना देखिन्छ ।


प्रतिक्रिया