माइबेनी हाइड्रोले थाल्यो व्यावसायिक उत्पादन

आश्विन ६, २०७८ | इलाम

ऊर्जा डेभलपर्स ग्रुपको कम्पनी सामलिङ पावरद्वारा इलाममा निर्माण गरेको ९ दशमलव ५१ मेगावाट क्षतमाको माइबेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेको छ । 

गत भदौ १८ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाले असोज १ गतेबाट व्यावसायिक उत्पादन सुरु गरेको हो । माईखोलाको पानीलाई २ हजार ५ सय मिटरको सुरुङ मार्फत ल्याएर माइबेनी नजिक पावर हाउस निर्माण गरिएको छ । सुरुङदेखि पावरहाउस सम्मको हेड १ सय ४७ मिटर छ । 

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको बीचमा यो आयोजना निर्माण गरिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयवाट आयोजनाले २०७५ साल बैशाख ६ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो । 

आगामी मंसिरदेखि मात्र व्यापारिक उत्पादन गर्ने सम्झौता भएपनि आयोजनाले लक्ष्य भन्दा छिटो काम सम्पन्न गरेको हो । इलामको माई, जोगमाई र पुवामाईमा गरी १८ वटा विद्युत आयोजना निर्माण भईसकेका छन् । जिल्लाको अहिले कुल विद्युत उत्पादन क्षमता १ सय ४० मेगावाट पुगेको छ । 


प्रतिक्रिया