सैनामैनामा टोलैपिच्छे व्यावसायिक फूल खेती

कार्तिक १९, २०७८ | बुटवल

अनुदान र निशुल्क प्राविधिक सेवा पाएपछि रुपन्देहीको सैनामैना नगरपालिकामा व्यावसायिक फूल खेती फस्टाएको छ । तिहार सुरु भएसँगै सैनामैनाका स्थानीयलाई फूल टिप्न, माला गाँस्न र बिक्री गर्न भ्याइ नभ्याइ छ । 

अरु समय व्यावसायिक तरकारी लगाउने सैनामैना–११ का कृषक समूहले अहिले सामूहिक व्यावसायिक फूल खेतीमा लागेका छन् । फूलबाट आम्दानी बढेको देखेपछि अन्य ५० जनाले समेत व्यवसायिक फूल थालेका छन् । 

सैनामैना नगरपालिकाले कोभिडका कारण जागिर वा व्यवसाय गुमाएका, वैदेशिक रोजगारीबाट फर्केका र घरायशीमा काममा सीमित महिला एवं किसान समूह छनोट गरेर फूलखेती बारे तालिम दिएको थियो । 

तालिमपछि ११ समूह छनोट गरी फूल लगाउन प्रति समूह ५० हजार रुपैयाँ अनुदान दिएको थियो । नगरप्रमुख चित्रबहादुर कार्कीले संयुक्त राष्ट्र संघीय कार्यक्रम अन्तर्गत विपन्न र जोखिमका नागरिकको आय बढाउन फूल खेतीमा लगानी गरेको बताउनुभयो ।


प्रतिक्रिया