जोगवनी नाकाको आयात निर्यात ठप्प

पुस २३, २०७८

भारतको वथनाहमा रहेको मिरगञ्ज पुल भासिएपछि जोगवनी नाकाबाट हुने आयात निर्यात ठप्प भएको छ । स्थानीय प्रशासनले हिजो रातीदेखि पुलबाट ठुला सवारी साधन चल्न नदिएपछि आयात निर्यात प्रभावित भएको हाम्रा सहकर्मीले जनाएका छन् । विराटनगर भन्सारका अधिकृत अमित तिवारीका अनुसार आज जोगवनी नाकावाट आयात निर्यात पूर्ण रुपमा ठप्प भयो । 

यसैबीच, विराटनगर भन्सार, जोगवनी भन्सारका प्रतिनिधि र व्यवसायीले वैकल्पीक मार्गको खोजी गरेका छन् । करिव १५ किलोमिटर घुमेर भारतको कुर्साकट्टा नाकावाट आयात निर्यात गर्न सकिने सम्भावना देखिएको छ । तर वैकल्पिक सडक प्रयोगको टुङगो लागेको छैन । जोगवनी नाकाबाट हुने आयात निर्यातबाट विराटनगर भन्सारले दैनिक १५ करोड राजश्व असुली गर्दै आएको छ ।


प्रतिक्रिया