सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता : सिइओ सुवेदीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

फाल्गुन ११, २०७८ | मोरङ

सप्तकोसी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सिइओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘बंकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना बैंकका कर्मचारी र तीन जना खाताबालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको हो । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले बंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार सिइओ सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालतको वाणिज्य इजलासमा मुद्दा दर्ता गराएको बताउनुभयो । बैंकको अपचलन भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ र सोही बराबरको जरिबाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा दर्ता गराएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया