हाइब्रिड बीउको माग उच्च, किसान आयातमै निर्भर

चैत्र २१, २०७८ | काठमाडौं

वर्णशंकर अर्थात हाइब्रिड बीउले उत्पादन धेरै दिने भएपछि यसप्रति किसान आकर्षित हुनु स्वभाविक हो । व्यावसायिक खेती गर्ने किसानहरुले हाइब्रिड बीउको मात्र प्रयोग गर्ने भएका कारण यसको माग पनि उच्च छ । तर, नेपालमा यसको उत्पादन न्यून छ जसका कारण आयातमै निर्भर हुनुपरेको छ । नेपालमा औपचारिक भन्दा अनौपचारिक रुपमा अत्यधिक मात्रामा बीउ आयात भइरहेको जानकार बताउँछन् । यसको प्रत्यक्ष असर किसानलाई पर्ने गरेको छ ।


प्रतिक्रिया