कर्णालीमा करिब १५ अर्ब रुपैयाँ बराबरको सिमेन्ट उद्योग सञ्चालन गरिने

वैशाख ५, २०७९

कर्णाली प्रदेशमा करिब १५ अर्ब रुपैयाँ बराबरको लगानीमा सिमेन्ट उद्योग सञ्चालन गरिने भएको छ । सुर्खेतको बराहताल गाउँपालिकामा सो सिमेन्ट उद्योग सञ्चालनका लागि प्रक्रिया थालिएको हो । गत चैत १७ गते बसेको लगानी बोर्डको वैठकले बराहताल गाउँपालिका– ७ लखरपाटामा सिमेन्ट उद्योग सञ्चालनका लागि अनुमति दिए लगत्तै प्रक्रिया अगाडि बढेको हो । बोर्डले अनुमति दिएसँगै सुर्यतारा ईन्भेष्टमेन्ट कम्पनीले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ तयारी सुरु गरेको छ । 

उद्योग सञ्चालनका लागि कर्णाली प्रदेश सरकार र उद्योग सञ्चालकबीच छलफल समेत भएको छ । लगानीबोर्डले कर्णाली सरकारलाई उद्योग स्थापनातथा सञ्चालनमाआवश्यक सहयोग र सहजीकरण गरिदिन पत्राचार पनि गरिसकेको छ । मुख्यमन्त्रीजीबनबहादुर शाहीले कर्णालीमाहालसम्मकै ठूलो लगानीभित्रिएको भन्दै आवश्यक सहजीकरण गर्ने बताउनुभयो । दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले उद्योगबाट दैनिक ५० देखि ६० हजार बोरा सिमेन्ट र तीन हजार टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखेको छ । सुर्यतारा ईन्भेष्टमेन्ट कम्पनीले आगामी असोजदेखि नै उद्योग र खानीका लागि पुर्वाधार निर्माणको काम सुरु गर्ने जनाएको छ ।


प्रतिक्रिया