बेतन कर्णाली जलविद्युत आयोजना निर्माण कार्य तीब्र

जेष्ठ २६, २०७९

माथिल्लो तामाकोसीपछि दोस्रो ठूलो आयोजनाका रुपमा रहेको वेतन कर्णाली जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको छ । कर्णाली सञ्चयकर्ता हाईड्रोपावर कम्पनी लिमिटेड परियोजनाका अनुसार पश्चिम सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अहिले वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) को काम चलिरहेको छ । 

वातावरणीय प्रभाव मूल्यांकन कार्यको जिम्मेवारी परामर्शदाता एनईए ईन्जिनियरीङ्ग कम्पनी लिमिटेडले पाएको छ । कम्पनीका वातावरणविद् सरोज घिमिरेका अनुसार आगामी असोज महिना भित्र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम सम्पन्न गरी सम्बन्धित निकायमा रिपोर्ट बुझाउने तयारी छ । उहाँले वातावरणीय प्रभाव मूल्यांकनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको बताउनुभयो । आगामी पाँच वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजना चार सय ३९ मेगावाट क्षमताको हो । 


प्रतिक्रिया