कर्णाली सरकारद्वारा उत्कृष्ट दुई उद्यमी सम्मानित

जेष्ठ २९, २०७९

कर्णाली प्रदेश सरकारले प्रदेश र जिल्लाको उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशभर उत्कृष्ट काम गर्ने उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लामा राम्रो काम गर्ने उद्यमीलाई एक लाख रुपैयाँ नगदले सम्मान गरेको हो । 

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा आयोजित एक कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरीङ डम्डुल लामा कार्चेनले उद्यमीलाई नगदसहित सम्मान गरेका हुन् । कुशे गाउँपालिका–८ स्थित जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मान बहादुर थापा र सुर्खेतबाट ग्लोबल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्ती कुमारी अधिकारीलाई नगद रु दुई लाख र एक लाखसहित सम्मान गरिएको हो । 

आगामी बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋण दिने व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री लामाले बताउनुभयो । 


प्रतिक्रिया