कोहलपुर–सुर्खेत १३२ केभि प्रसारण लाइनको निर्माण प्रक्रिया सुरु

असार ९, २०७९

सुर्खेतस्थित १३२ केभि विद्युत् प्रसारण लाइनको निर्माण प्रक्रिया अघि बढेको छ । गत सोमबार संघीय सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो । 

आयोजनाअन्तर्गत जग्गा अधिग्रहण तथा सव–स्टेशन निर्माण प्रक्रिया शुरु गरिएको आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका अनुसार आयोजनाले सुर्खेतको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका र बाँकेको कोहलपुरमा जग्गा अधिग्रहण कार्य सम्पन्न गरी जग्गा प्राप्ति गरिसकेको हो । 

आयोजना प्रमुख रविकुमार चौधरीले बाँकेको केहि क्षेत्रमा विवादका कारण जग्गा अधिग्रहणमा केही समय लाग्ने बताउनुभयो


प्रतिक्रिया