दसैको बेला खोटाङमा बढ्यो महँगी
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/khotang-1664452659.jpg&w=700&height=600)
आश्विन १३, २०७९ | खोटाङ
खोटाङमा उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दशैंतिहार नजिकिएसँगै चामल, ग्यास, चिनी लगायतको मुल्य बढेको हो । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईका अनुसार जिरा मसिना चामलको मूल्य प्रतिकेजी ९० रुपैयाँको दरले प्रतिबोरा २२ सय ५० रुपैयाँ, सोना मन्सुलीको प्रतिकेजी ६० रुपैयाँको दरले बोराको १७ सय रुपैयाँ पुगेको छ ।
मैदा प्रतिकेजी ६० बाट बढेर ८० रुपैयाँ पुर्याइएको छ । मैदा र चामलमा पहिलेको तुलनामा २० प्रतिशत मूल्य बढेको राईले बताउनुभयो । चिनीको मूल्य एक सय रुपैयाँ पुगेको छ । मूल्य बृद्धि भए पनि बजारमा चिनी अभाव देखिएको छ । कालोदालको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ पुगेको छ । नुनको मूल्य तीस रुपैयाँ छ । ग्यास प्रति सिलिण्डर दुई हजार एक सय ५० रुपैयाँ पुगेको छ ।