तिलोत्तमाका किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान

कार्तिक ३, २०७९ | बुुटवल­

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटरमा एक रुपैयाँ अनुदान दिएको छ । दूध उत्पादन गरी सहकारीमार्फत बिक्री गर्ने किसानलाई नगद अनुदान दिइएको हो । किसानले आर्थिक वर्ष ०७८/७९मा सहकारीमार्फत बिक्री गरेको दूधको हिसाबका आधारमा सो अनुदान प्रदान गरिने नगरपालिका प्रमुख रामकृष्ण खाडले बताउनुभयो ।

तिलोत्तमामा हाल २० वटा दुग्ध उत्पादक सहकारीहरुले दूध बिक्री गर्ने गरेका छन् । त्यसमा करिब तीन हजार किसान आवद्ध छन् । आज त्यसमध्येका १३ वटा सहकारी मार्फत आज ३२ लाख ३५ हजार ६ सय ७० रुपैया किसानलाई उपलब्ध प्रदान गरिएको छ । बांकी ७ सहकारीका किसानलाई प्रक्रिया पुयाएपछि अनुदान रकम वितरण गरिने नगरपालिकाको योजना छ । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप चालु आर्थिक वर्षमा नगरपालिकाले ४० लाख ५१ हजार ५ सय ५६ रुपैया रकम विनियोजन गरेको थियो । 


प्रतिक्रिया