बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

मंसिर २५, २०७९ | बुटवल

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा भाडा वृद्धि गरेको भन्दै उद्योगीहरुले बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् ।

 बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा उद्योगीहरूले भाडा वृद्धि खारेजीको मागसहित व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।


 औद्योगिक क्षेत्रमा प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिदै आएकोमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले बताउनुभयो । 


प्रतिक्रिया