बढ्दो ब्याजदर विरुद्ध सुनसरी–मोरङ उद्योगी व्यवसायी विरोधमा

बजार परिक्रमापछि सुनसरी–मोरङ औधोगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार राष्ट्र बैंक विराटनगर शाखाको मुल गेटमा धर्ना दिदै । तस्बिर : विनोद भण्डारी/ रेडियो कान्तिपुर । 

पुस ७, २०७९ | विराटनगर

बैंकको चर्को ब्याजदरका विरुद्ध सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी विरोधमा उत्रिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघको सयुक्त पहलमा बिहीबार दुई दर्जन बढी वस्तुगत संघ सस्थाले विराटनगर बजार बन्दको आहृवान गर्दै नेपाल राष्ट्र बैंकको मुल गेटमा धर्ना दिए । 

धर्ना कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने उनीहरुले बताएका छन् । उद्योगी व्यवसायीले चालू पूँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, एकल अंकको व्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत दर दुई–दुई प्रतिशत कायम गर्नुपर्ने तथा बैंक र व्यवसायलाई अगल गर्नुपर्ने माग राखेका छन् । 

उद्योगी व्यवसायीहरु ‘ब्याजदर सारो भो, गरिखान गारो भो, एकल ब्याजदर कामय गरे, तरलता अभाव कम गर, उद्योग व्यवसाय जीवन्त गर’ लगायत नारा लेखिएका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।


प्रतिक्रिया