बृहत राष्ट्रिय छाला जुत्ता तथा प्रदर्शनी मेला हुँदै

फाल्गुन ३, २०७९ | काठमाडौं
‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आज काठमाडौंमा बृहत राष्ट्रिय छाला जुत्ता तथा प्रदर्शनी मेला सुरु हुँदैछ ।
आगामी मंगलबारसम्म चल्ने मेलामा नेपाली ब्राण्डका छाला जुत्तालाई प्राथमिकता दिएर प्रदर्शनी गरिने आयोजक नेपाल छाला जुत्ता उत्पादक संघले जनाएको छ ।
नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई वैज्ञानीक रुपले आधुनीकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत प्रचार गराउने लक्ष्यका साथ मेला आयोजना गरिएको संघले जनाएको छ ।
जुत्तामा ६ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने आयोजकको दावी छ ।