संघले हस्तान्तरण गरेको योजना पूरा गर्न कोसीले माग्यो साढे ३ अर्ब

चैत्र २२, २०७९ | मोरङ

संघबाट हस्तान्तरण भएर आएका योजनाको काम सक्न कोशी प्रदेश सरकारले संघीय सरकारसॅग बजेट माग गरेको छ । संघबाट हस्तान्तरण भएर आएका योजनाको काम पूरा गर्न कोसीले ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाॅ माग गरेको हो । 

बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले केन्द्रीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख ५० रुपैयाँ बजेट माग गर्ने निर्णय गरेको हो । बैठकले सरकारलाई सहयोगका लागि विभिन्न समिति गठन गरेको छ । 

सिंचाईमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको छ । सो समिति सदस्यमा पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईं, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्य मन्त्री निर्मला लिम्बू सदस्य छन् । 

सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहने गरी कानून न्याय तथा प्रदेश मामिला समिति गठन गर्ने निर्णय गरेको छ । 

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा प्रसाद चापागाईंको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ । सो समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहने निर्णयमा उल्लेख छ । 


प्रतिक्रिया