६८ करोड बढीको मदिरा आयात

वैशाख १९, २०८० | पर्सा

पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट ९ महिनामा ६८ करोड ५७ लाख ३४ हजार ६ सय ३२ रुपैयाँ बराबरको मदिरा आयात भएको छ । यस अवधिमा २ लाख ७६ हजार ४८ लिटर मदिरा तेश्रो मुलुकबाट आयात भएको हो ।

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक वर्षको यसै अवधिमा ८२ करोड ६१ लाख ९३ हजार ८ सय ५० रुपैयाँ बराबरको ३ लाख ८७ हजार ४ सय ४१ लिटर मदिरा आयात भएको थियो ।

गत आर्थिक बर्षको अन्त्य तिर सरकारले बिदेशी मुद्राको सन्चिति बढाउन मदिरा लगायत २२ बस्तुको आयातमा रोक लगाएको थियो । तर चालु आर्थिक वर्षमा दशैं पर्व अघि सरकारले मदिराको आयात खुल्ला गरेको थियो । त्यस लगत्तै यो नाकाबाट मदिराको आयात सुरु भएको हो । 


प्रतिक्रिया