रेमिट्यान्स सदुपयोगमा राज्य सहयोगी नभएको आप्रवासी श्रमिकको गुनासो

वैशाख ३१, २०८० | बुटवल

राज्यका निकाय सहयोगी नबन्दा आफूहरुले सिकेको सीपको प्रयोग र कमाएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन नसकेको वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुले गुनासो गरेका छन् । बुटवलमा आयोजित छलफलमा सहभागी श्रमिकहरुले वैदेशिक रोजगारी र रेमिट्यान्सको सुदुपयोगबारे हरेक स्थानीय तहले सहजीकरण गर्नुपर्ने बताए ।

स्थानीय तहले घरघरमा पुगेर तथ्यांक संकलन गर्ने एवं सीप र लगानीमा सहयोग गर्ने भनिएपनि वैदेशिक रोजगारीबाट फर्केको वर्षौसम्म आफूहरुलाई कसैले सोधीखोजी नगरेको उनीहरुको गुनासो थियो । नवलपरासी पश्चिमका रामु भुसालले वैदेशिक रोजगारीबाट कमाएको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सके देशमा रोजगारी बढाउन र आर्थिक मन्दीलाई कम गर्न सकिने दाबी गर्नुभयो । २ दिनसम्म चलेको कार्यक्रममा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका करिब एक सय आप्रवासी श्रमिक सहभागी थिए । 


प्रतिक्रिया