साल्टको साढे ११ हजार मेट्रिक टन युरिया भित्रियो

जेष्ठ ९, २०८० | पर्सा

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ग्लोबल टेण्डर मार्फत खरिद गरेको मध्ये ११ हजार ५ सय मेट्रिक टन युरिया मल नेपाल भित्रिएको छ । वीरगञ्जस्थित कर्पोरेशनको मधेश प्रदेश कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार २६ हजार ५ सय कन्साइन्मेन्ट मध्ये एक साता यता वीरगञ्जबाट ७ हजार ५ सय र विराटनगर नाकाबाट ४ हजार मेट्रिक मल भित्रिएको हो ।

भैरहवा प्रादेशिक कार्यालयका लागि आएको मल वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा र वीरगञ्ज प्रादेशिक कार्यालयका लागि आएको मल वीरगञ्जको सीमावर्ती सहर रक्सौल रेल्वे स्टेशनमा आईपुगेको लामिछानेले जानकारी दिनुभयो । कुल २६ हजार ५ सय मध्ये ८ हजार मेट्रिक टन वीरगञ्ज प्रादेशिक कार्यालय र बाँकी मल विराटनगर तथा भैरहवा प्रादेशिक कार्यालयले पाउनेछन् । 


प्रतिक्रिया