बिहीबारदेखि विराटनगर भन्सार यार्डसम्मै कार्गो रेल आउने

जेष्ठ १७, २०८० | विराटनगर

विराटनगरको एकीकृत भन्सार जाँचबिन्दु आईसीपीमा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेलको सञ्चालनको अनुमति दिने तयारी गरेको विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले वताउनुभयो ।

कष्टम यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औधोगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलवाट हुने ढकालको भनाई छ ।

उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात हुने तयारी उद्योगीले गरेका छन् । ढकालले यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात हुने गरेको बताउनुभयो ।

जोगवनी आउने रेलमा आयात गरिने फलाम उद्योगको कच्चा पदार्थ वथनाहमा अनलोड गरेर ट्रक मार्फत कष्टम यार्ड ल्याउने गरिएको ढकालले बताउनुभयो । कष्टम यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औधोगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको भनाई छ । 


प्रतिक्रिया