धान रोपाइँका लागि कोशी प्रदेशमा भित्रियो ८६ हजार बोरा मल

जेष्ठ २२, २०८० | मोरङ

कृषि सामाग्री कम्पनीले आयात गरेको ४ हजार ३ सय टन डीएपी मल नेपाल भित्रिएको छ । भारतको आईपीएल कम्पनीले टेण्डर मार्फत उपलब्ध गराएको ४ हजार ३ सय टन डीएपी मल जोगबनी नाका हुँदै विराटनगर आइपुगेको मोरङस्थित कोशी प्रदेश कार्यालयले जनाएको छ । कम्पनीले बर्खे धानका लागि आयात गरेको सो मल मागको २५ प्रतिशत मात्र हो ।

कोशी प्रदेशका १४ जिल्लामा झण्डै ३ लाख ४० हजार हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । सो खेतीका लागि करिब ३ लाख ५० हजार बोरा डीएपी मल आवश्यक पर्ने कम्पनीले जनाएको छ । आयात भएको डीएपीमध्ये ८ हजार ६ सय बोरा मौज्दात राखेर ७७ हजार ७ सय बोरा प्रदेश कृषि मन्त्रालयको सिफारिसमा सहकारी मार्फत बिक्री गरिने कम्पनीका अधिकारी होम पराजुलीले बताउनुभयो ।


प्रतिक्रिया