कोशी प्रदेशको बजेट : लामखुट्टेको लार्भा मार्न ५ करोड

असार २, २०८० | मोरङ

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा लामखुट्टेको लार्भा मार्नका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेको बजेटमा लामखुट्टेको लार्भा मार्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले आगामी आर्थिक वर्षका लागि प्रदेशमा सरकारले पहिलो पटक किटजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम ल्याएको बताउनुभयो । उहाँका अनुसार, जैविक विषादी प्रयोग गरेर लामखुट्टेको लार्भा नै मार्ने कार्यक्रमका लागि बजेट विनियोजन भएको हो । 


प्रतिक्रिया