गण्डकीको बजेट उत्पादन केन्द्रित

असार ३, २०८० | कास्की

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले प्रदेश सरकारले ल्याएको बजेट उत्पादन केन्द्रित रहेको बताउनुभएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको बजेटका विषयमा प्रक्रिया दिदै मन्त्री आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजानिक गरेको बजेट उत्पादन केन्द्रित भएको दावी गर्नुभयो । कृषि क्षेत्रमा प्रवाह हुने अनुदानको लाभ सुनिश्चित गर्न उत्पादनका आधारमा अनुदान प्रवाह गर्ने भन्दै मन्त्री आलेले गण्डकीको आगामी बजेटमा फजुल खर्च नियन्त्रण गरिएको बताउनुभयो ।

मन्त्री आलेले अहिलेको आर्थिक अबस्था अनुरुप प्रदेशले बजेटमा कुनै पनि सरकारी भवन निर्माण नगर्ने र नयाँ सवारी साधन खरिद नगर्ने नीति लिएको भन्दै प्रदेश सरकारको ध्यान उत्पादन केन्द्रित हुने विश्वास दिलाउनुभयो । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ ।  


प्रतिक्रिया