उत्पादन मुलक उद्योगलाई कर्जाको ब्याजदर एक अंकमा हुनुपर्ने उद्योगीको माग

असार ५, २०८० | विराटनगर

चालु पूँजी कर्जामा लगाएको सिमाका कारण बजारमा आर्थिक मन्दी आएको भन्दै उद्योग संगठन मोरङले उत्पादन मुलक उद्योगमा प्रवाह हुने कर्जाको ब्याजदर एक अंकमा कायम हुने गरी आगामी मौद्रिक नीति ल्याउन राष्ट्र बैंक समक्ष आग्रह गरेको छ ।

उद्योगमा प्रवाह हुने कर्जाको ब्याजदर एक अंकमा कायम हुँदा स्वदेशी र निर्यात मुलक उद्योगमात्र नभएर समग्र उत्पादनसिल क्षेत्र चलायमान हुँदै वित्तिय सन्तुलन कायम हुने भन्दै संगठनले सो माग गरेको हो । मौद्रिक नीतिले बजार चलायमान गर्ने गरि नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो । 


प्रतिक्रिया