नवलपरासीका क्रसर उद्योगी आन्दोलित, गिट्टी र बालुवाको बिक्री बन्द

असार १७, २०८० | परासी

उद्योग नविकरण नगरिदिएको विरोधमा पुर्वी र पश्चिम नवलपरासीका क्रसर उद्योग ब्यवसायीले गिट्टी र बालुवाको बिक्री बन्द गरेका छन् । स्थानीय प्रशासनले उद्योग नविकरण नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

२०७१ सालबाट सरकारले उद्योग संचालनका लागि मापदण्ड नपुगेको भन्दै क्रसर उद्योग नविकरण गरेको छैन । तर, नविकरण नभएका उद्योगबाट पनि कर तिर्दैआइरहेको उद्योगीहरुको भनाई छ । स्थानीय प्रशासनले भने मापदण्ड विपरित सञ्चालन भएका उद्योगको नविकरण नगर्ने अडान लिएको छ । 


प्रतिक्रिया