लुम्बिनी प्रदेशको बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

असार १८, २०८० | रुपन्देही

प्रमुख प्रतिपक्ष दलको विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ । पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरे लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले बोल्न समय माग गर्नु भएको थियो ।

सभामुखले समय उपलब्ध गराएपछि उहाँले सरकारले विपक्षीले राखेका माग नसुनेकाले बैठक चल्न नसक्ने भन्दै विरोध जनाउनु भएको थियो । विपक्षीको विरोधपछि एक घण्टाका लागि स्थगित बैठक पुनः सुरु भएको थियो । सभामुखले उपलब्ध गराएको एक घण्टामा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै सम्बाद र छलफल हुन नसकेपछि सभामुख घर्तीले विरोधकै बीच बैठकमा छलफल सुरु गराउनु भएको थियो । 


प्रतिक्रिया