थप ६ वटा अर्थोडक्स चिया प्रसोधन उद्योलाई ट्रेडमार्क प्रदान

असार २१, २०८० | धनकुटा

नेपाली अर्थोडक्स चियाको पहिचान सहितको बजार प्रवर्धनका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले विभिन्न जिल्लाका थप ६ वटा प्रसोधन उद्योगलाई ट्रेडमार्क प्रदान गरेको छ । बोर्डले धनकुटामा आयोजित एक कार्यक्रमका बीच इलाम, पाँचथर र भोजपुरका अर्थोडक्स चिया उत्पादन र प्रशोधन गर्ने ६ वटा उद्योगलाई ‘क्वालिटी फ्रम द हिमालयज्’ को लोगो र प्रमाणपत्र प्रदान गरेको हो ।

अब ट्रेडमार्क पाउने उद्योगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्राण्डमा चिया बिक्री गर्न सक्ने बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले जानकारी दिनुभयो । बोर्डले २०७७ सालबाट नेपालका चिया उद्योगलाई ट्रेडमार्क प्रदान गर्न थालेको हो । बोर्डका अनुसार अहिलेसम्म नेपालका विभिन्न स्थानमा सञ्चालित २९ वटा अर्थोडक्स चिया उत्पादन तथा प्रशोधन उद्योगले क्वालिटी फ्रम द हिमालयजको बजार चिन्ह र प्रमाणपत्र प्राप्त गरेका छन् । 


प्रतिक्रिया