हस्तक्षेप नरोकिए भन्सार ठप्प पार्ने वीरञ्गजका उद्योगीको चेतावनी

श्रावण ११, २०८० | पर्सा

उद्योग व्यवसाय क्षेत्रमा सरकारी निकायबाट हस्तक्षेप भएको भन्दै पर्साका उद्योगी व्यवसायीले आपत्ति जनाएका छन् । उद्योग व्यवसायमा गरिएको हस्तक्षेप एक साता भित्र अन्त्य नभए भन्सार कार्यालय ठप्प पारेर सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योग व्यवसायमाथि नियन्त्रण र नियमनको नाममा थिचोमिचो र हस्तक्षेप तत्कालै बन्द गर्न आग्रह गर्नुभयो ।

भन्सार विभागले असार २२ गते सूचना प्रकाशित गरी साउन १ देखि आयातित वस्तुहरुमा लेबलिङ्ग कार्यान्वयनमा ल्याउन सूचना जारी गरेको थियो । संघका द्वितीय उपाध्यक्ष माधव राजपालले आगामी दिनमा भन्सार प्रशासनले अनलाइन माध्यमबाट वस्तुको अन्तर्राष्ट्रिय मूल्य यकिन गर्ने परिपाटी बसाल्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया