८ वर्षमा पनि बनेन सुस्ताको झोलुङ्गे पुल

श्रावण १७, २०८० | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको ८ वर्ष भईसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माण सम्पन्न नहुँदा स्थानीयहरु डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

तीन तर्फ नारायणी नदी र एक तर्फ भारतीय सिमाना रहेको सुस्ता पुग्नका लागि स्थल मार्ग छैन । त्रिशूली आश्रय जेभी कन्ट्रक्सन कम्पनीले २०७२ असोजमा पुल निर्माण सुरु गरेर २०७५ पुषमा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, निर्माण थालिएको ८ वर्षमा पनि पुल नबन्दा सुस्ताका स्थानीय बासिन्दा वर्षाको समयमा भारतीय भूमि हुँदै आवातजावत गर्न बाध्य भएका हुन् ।

ठेकेदार कम्पनीका निमार्ण साम्रगी र कोरोना कहरको कारण देखाउँदै दुई पटकसम्म म्याद थप गरेपनि अहिले सम्म जम्मा ८० प्रतिशत मात्र काम भएको छ । 


प्रतिक्रिया