कालीकोटमा खाद्य संकट

श्रावण २२, २०८० | कालिकोट

कालीकोटमा खाद्य अभाव भएको छ । अघिल्लो आर्थिक वर्षको कोटा सकिएको र नयाँ स्वीकृत कोटाको चामल ढुवानी नभएकोले जिल्लामा खाद्य संकट परेको मान्मस्थित कार्यालय प्रमुख कमलराज पाण्डेले बताउनुभयो । मान्म शाखासहितका थिर्पू, पादमघाट, खल्लागाड खाद्य डिपो र खीन धौलागोह बिक्री केन्द्रमा चामल मौज्दात सकिएको छ ।

डिपोमा चामलका लागि दिनहुँ स्थानीय चामलका लागि आएर रित्तै फर्किने गरेको पाण्डेले बताउनुभयो । हिउँदे बाली खडेरीले उत्पादन हुन नसकेको र पहिरोले बाली नष्ट गरेकाले खाद्य संकट भएको स्थानीय सुमन बमले बताउनुभयो । गत वर्ष कालीकोटमा १३ हजार क्वीन्टल चामलको कोटा सरकारले उपलब्ध गराएको थियो । नयाँ टेण्डरमार्फत ढुवानी हुने चामल आउन असोजदेखि कात्तिकसम्म कुर्नुपर्ने खाद्य संस्थानले जनाएका छन् ।


प्रतिक्रिया